६ चैत्र,

काभ्रेपलाञ्चोक: नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन ‘अनन्त’ले नेकपा फेरि सशक्त रूपमा उठ्ने बताएका छन्।

काभ्रेको अनेकोटमा २८औं शहीद सांस्कृतिक दिवसको अवसरमा बिहीबार आयोजित शहीदको प्रतीमा अनावरण तथा शहीद परिवार सम्मान कार्यक्रममा बोल्दै उनले पार्टी अहिलेको हारबाट विचलित नहुने बताएका हुन्।

उनले फागुन २१ गते भएको निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ आठ सिट मात्र जितेको स्वीकार गर्दै जनआकांक्षा अनुसार पार्टीलाई पुनर्गठन गरेर भविष्यमा मुलुकको नेतृत्व गर्ने दाबी गरे।

पुनले आफूहरू रुपान्तरण र सुशासनको एजेण्डा लिएर चुनावमा गए पनि जनताले पुरानै राजनीतिक शक्तिको रूपमा मूल्यांकन गरेको स्वीकार गरे। “हामी पुराना हौं, तर उस्तै खालका पुराना होइनौं,” उनले भने, “हामी फेरि जनतामाझ जानेछौं र नयाँ ढंगले उठ्नेछौं।”

उनले विगतका आन्दोलन र संघर्षलाई स्मरण गर्दै कुनै अहंकार वा निराशा नभई शहीदहरूको बलिदानलाई आत्मसात गर्दै पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताए।

साथै, जनताले नयाँ दललाई दिएको समर्थनलाई पुराना दलका लागि सुधारको अवसरका रूपमा लिनुपर्ने उनको भनाइ थियो।

नेता पुनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थोरै कार्यकर्ताबाट सुरु गरेको जनयुद्धले गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षता जस्ता उपलब्धि हासिल गरेको स्मरण गर्दै फेरि रुपान्तरणसहित अघि बढ्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

सम्बन्धित ख