२७ फागुन,

बाँके  : हालै सम्पन्न आईसीसी टी-२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट दुई लाख ५६ हजार १५४ अमेरिकी डलर (करिब तीन करोड ७७ लाख ५७ हजार रुपैयाँ) पुरस्कार प्राप्त गरेको छ।

आईसीसीले प्रतियोगितामा सहभागी टोलीहरूलाई प्रदान गरिने पुरस्कार रकम सार्वजनिक गर्दै नेपाललाई यो राशिको रकम दिने घोषणा गरेको हो। नेपालसँगै इटाली, संयुक्त अरब इमिरेट्स र नेदरल्याण्ड्सले पनि समान रकम प्राप्त गरेका छन्। 

आईसीसीका अनुसार कुल एक करोड १२ लाख ५० हजार अमेरिकी डलर पुरस्कार रकममध्ये विजेता भारतले २६ लाख ३९ हजार ४२३ अमेरिकी डलर प्राप्त गरेको छ त्यस्तै उपविजेता न्युजिल्याण्डले १४ लाख २२ हजार ६०२, तेस्रो भएको दक्षिण अफ्रिकाले १० लाख पाँच हजार ५७७ र सेमिफाइनलमा पुगेको इङ्ग्ल्याण्डले नौ लाख ७४ हजार ४२३ अमेरिकी डलर पाएको छ । 

सुपर आठ चरणमा पुगेको वेस्ट इन्डिजले पाँच लाख ३८ हजार २६९, पाकिस्तानले पाँच लाख २२ हजार ६९२, जिम्बावेले चार लाख ९१ हजार ५३८ र श्रीलङ्काले चार लाख ७५ हजार ९६२ अमेरिकी डलर प्राप्त गरेका छन्।   

प्रतिक्रिया

सम्बन्धित ख