२५ फागुन,

बाँके — लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका प्रतिनिधिसभाका २६ निर्वाचन क्षेत्रमध्ये २१ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्।

निर्वाचन आयोग का अनुसार नेपाली कांग्रेसनेपाल कम्युनिस्ट पार्टी ले दुई–दुई तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले एक क्षेत्रमा विजय हासिल गरेका छन्।

रुपन्देही जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन्। रुपन्देही–१ मा सुनिल लम्साल, रुपन्देही–२ मा सुलभ खरेल, रुपन्देही–३ मा डा. लेखजंग थापा, रुपन्देही–४ मा कन्हैया बनियाँ र रुपन्देही–५ मा तौफिक अहमद खान विजयी भएका हुन्।

त्यसैगरी पश्चिम नवलपरासी–१ मा रास्वपाकै विक्रम खनाल तथा पश्चिम नवलपरासी–२ मा नरेन्द्रकुमार गुप्ता निर्वाचित भएका छन्।

कपिलवस्तु–१ मा रास्वपाका मोहनलाल आचार्य र कपिलवस्तु–२ मा विक्रमसिंह थापा विजयी भएका छन् भने कपिलवस्तु–३ मा नेपाली कांग्रेस का अभिषेक प्रताप शाहले जित हासिल गरेका छन्।

दाङ–१ मा देवराज पाठक, दाङ–२ मा विपीनकुमार आचार्य र दाङ–३ मा कमल सुवेदी विजयी भएका छन्। गुल्मी–१ मा सागर ढकाल र गुल्मी–२ मा गोविन्द पन्थी निर्वाचित भएका छन्।

बर्दिया–१ मा ठाकुरसिंह थारु तथा बर्दिया–२ मा श्रीधर पोखरेल रास्वपाबाट निर्वाचित भएका छन्। बाँके–१ मा सुरेशकुमार चौधरी र बाँके–३ मा खगेन्द्र सुनार विजयी हुँदा बाँके–२ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का मोहम्मद इश्तियाक राईले जीत हात पारेका छन्।

त्यसैगरी रुकुम पूर्वमा पुष्पकमल दाहाल तथा रोल्पामा वर्षमान पुन निर्वाचित भएका छन्।

प्युठानमा रास्वपाका सुशान्त बैदिक विजयी भएका छन्। पाल्पा–१ मा नेपाली कांग्रेस का सन्दीप राना तथा पाल्पा–२ मा रास्वपाका माधवबहादुर थापा निर्वाचित भएका छन्। अर्घाखाँचीमा रास्वपाका हरिप्रसाद भुसाल विजयी भएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख