
१५ फागुन,
बाँके । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)मा अनियमितता गरेको प्रकरणमा नेपाल प्रहरीका इन्सपेक्टरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
हाल कैलालीको इलाका प्रहरी कार्यालय मालारानीमा कार्यरत इन्सपेक्टर पुष्करराज पन्तसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।
पन्त जिल्ला टाफिक प्रहरी कार्यालय, बाँकेमा हुँदा नक्कली लाइसेन्स प्रकरणमा मुछिएका हुन्।
यातायातका कर्मचारीसँग मिलेर लिखित तथा ट्रायल परीक्षामा फेल भएकालाई पास भएर लाइसेन्स दिई लाखौं असुली गरेको अख्तियारको छानबिनबाट खुलेको छ ।
जसमा इन्सपेक्टर पन्तसहित वरिष्ठ सईहरू नन्द कुमार पोखरेल र प्रबिण आचार्य तथा असई दमन बिक्रम सेनविरुद्ध मुद्दा दायर भएको हो।
इन्सपेक्टर पन्तलाई ४३ लाख १४ हजार, वरिष्ठ सई पोखरेलविरुद्ध ४७ लाख ६६ हजार, अर्का वरिष्ठ सई आचार्यविरुद्ध ४१ लाख ३७ हजार तथा असई सेनविरुद्ध ३३ लाख ५४ हजार बिगो कायम गरी मुद्दा दायर गरिएको छ।
अख्तियारले गत वर्ष यतायातका कर्मचारीलाई पक्राउ गरी यस प्रकरणमा छानबिन गरेको थियो। पक्राउ परेका व्यक्तिको मोबाइलबाट घुस लेनदेनको विस्तृत विवरण फेला परेको छ।
यसमा आयोगको सहसचिवहरु लोकबहादुर सुनार, उमेश ढुंगानासहित ३३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
यस्तो छ अख्तियारले दायर गरेको आरोपपत्र












