१४ फागुन,

बर्दिया बर्दियामा निर्वाचन अवधिभर मदिरा निषेध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाभर मदिरा बिक्री वितरण तथा सेवनमा अस्थायी प्रतिबन्ध लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीका अनुसार फागुन १४ गतेदेखी राति १२:०० बजेदेखि फागुन २१ गते राति १२:०० बजेसम्मका लागि बर्दिया जिल्लाभर मादक पदार्थको बिक्री वितरण तथा सेवन पूर्णरूपमा निषेध गरिएको छ।

यो निर्णय निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ र प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ मा भएको व्यवस्था तथा मिति २०८२/११/१३ गते बसेको सर्वदलीय–सर्वपक्षीय बैठकको निर्णयअनुसार गरिएको प्रशासनले स्पष्ट पारेको छ।

प्रशासनले सूचनाविपरीत मदिरा बिक्री वितरण वा सेवन गरेको पाइएमा कानून बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ। निर्वाचन अवधिभर शान्ति सुरक्षा कायम राख्न र सम्भावित अवाञ्छित गतिविधि रोक्न उक्त कदम चालिएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित ख