
२५ माघ,
बाँके । सर्वोच्च अदालतले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले आइतबार सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
अधिवक्ता रामबहादुर राउत, रामेश्वर राउत मातृदासलगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, यातायात व्यवस्था विभागलगायतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
तत्कालीन सरकारले २०८२ असोज १ गतेबाट इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो ।
तर भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा यातायात कार्यालयमा आगजनी हुँदा इम्बोस्ड नम्बर प्लेट जलेपछि प्रक्रिया अगाडि बढेको छैन ।
भाषा आयोगलगायतले पनि इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा नै हुनुपर्ने माग गर्दै आएका छन् ।












