२१ माघ,

बाँके ।  कोहलपुर नगरपालिकामा काङ्ग्रेस, एमाले र माओवादीको सत्ता सञ्चालनको एक दशक बितिसक्दा पनि विकास भने आजसम्म हिलोमै फसेको छ। पिचको सट्टा पोखरी बनेका सडक, र आधारभूत सेवाको अभावले लोकनगरका नागरिक दैनिकीमै संकट झेलिरहेका छन्।

स्थानीयका अनुसार यो अवस्था आकस्मिक होइन, वर्षौंको उपेक्षा, लापरबाही र जनतामाथिको निरन्तर धोकाको परिणाम हो।

चुनाव नजिकिँदै, जनताको प्रश्न झन् कडा चुनाव नजिकिँदै जाँदा उही पुराना अनुहार, उही खोक्रा आश्वासन र उही झुटा मुस्कानसहित नेताहरू पुनः देखिन थालेका छन्।

तर यसपटक लोकनगरका जनताको प्रश्न स्पष्ट छ—“१० वर्षसम्म सत्ता हातमा हुँदा काम नगर्नेहरू अब कुन आधारमा भोट माग्दैछन्?”

‘मुक्त कमैया’ : कागजमा मुक्ति, व्यवहारमा बन्धन ‘मुक्त कमैया मुक्त गर्‍यौं’ भन्दै २३ वर्षअघि बाँडिएका लालपुर्जाहरू आजसम्म अधिकारविहीन कागजमै सीमित छन्।

न जग्गा फुकुवा भयो, न स्वामित्व सुनिश्चित भयो, न आर्थिक स्वतन्त्रताको बाटो खुल्यो।

स्थानीय भन्छन्—यदि लालपुर्जाले अधिकार दिँदैन भने त्यो मुक्ति होइन, राजनीतिक भ्रम मात्रै हो।

हरेक चुनावमा मात्रै लोकनगर नेताहरूको प्राथमिकतामा पर्छ। सडक, पानी, आवास र अधिकारका वाचा चुनाव सकिनासाथ हराउने गरेको गुनासो स्थानीयको छ।

१० वर्ष काम नगरेकाहरू आज फेरि “अवसर दिनुस्” भन्दै मैदानमा उत्रिएको देखिन्छ।

यसैबीच, लोकनगरका सचेत युवाहरू मिलेर यसपटक काङ्ग्रेस, एमाले र माओवादीलाई भोट नदिने अभियानमा सक्रिय भएको स्रोतले जनाएको छ।

स्थानीय स्रोतका अनुसार युवाहरू टोल–टोलमा छलफल, सचेतना र संगठित पहलमार्फत पुराना दलहरूको जिम्मेवारी र विगतको हिसाब माग्ने तयारीमा जुटेका छन्।

“अब कुर्सी होइन, जनताको आवाज चल्छ” लोकनगरका स्थानीय युवाहरूले बाँके अपडेट मिडियासँग भने, “अब झुट चल्दैन। अब डराएर होइन, प्रश्न गरेर राजनीति गर्छौं। यो चुनाव भोटको मात्रै होइन—हिसाबकिताब र जिम्मेवारीको चुनाव हो।”

बढ्दो जनआक्रोश र युवाको संगठित सक्रियताले लोकनगरमा यसपटकको चुनाव परम्परागत नतिजाभन्दा फरक हुन सक्ने संकेत देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख