४ माघ,

नेपालगञ्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले पुस महिनाभर जिल्लामा शान्ति–सुरक्षा, अपराध नियन्त्रण तथा नागरिक सेवा प्रवाहमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पुस महिनामा जिल्लाभर १३९ वटा आपराधिक मुद्दा दर्ता भएका छन्। तीमध्ये जघन्य तथा गम्भीर प्रकृतिका ३३ सहित ४ वटा, सामान्य अपराध १०२ वटा रहेका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ५ वटा मुद्दामा ४ जना पक्राउ परेका छन् भने ३९ वटा आर्थिक अपराधका मुद्दा दर्ता भएका छन्।

चालु मुद्दामा फरार रहेका १०६ जना प्रतिवादी पक्राउ गरिएको र १४ वटा सार्वजनिक चासोका पेन्डिङ मुद्दा सफल अनुसन्धान गरी टुंग्याइएको प्रहरीले जनाएको छ। यस्तै, १ वटा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा पनि दर्ता गरिएको छ।

फैसला कार्यान्वयनमा ३३ पक्राउ

फैसला कार्यान्वयनतर्फ ३३ जना पक्राउ परेका छन्। उनीहरूबाट २० वर्ष ३ महिना १० दिन कैद कार्यान्वयन भएको छ भने ३६ लाख १८ हजार ९७७ रुपैयाँ बराबरको बिगो तथा क्षतिपूर्ति असुल उपर गरिएको छ।

लागू औषध र हुन्डी कारोबारमा कडा कारबाही

पुस महिनामा लागू औषध नियन्त्रणतर्फ ब्राउन सुगर ४९० ग्राम ७३२ मिलिग्राम, नाइट्राजेपाम ७२८ ट्याब्लेटगाँजा १३ ग्राम ९० मिलिग्राम बरामद गरिएको छ।

विशेष सूचनाका आधारमा नेपालगञ्ज–४ गणेशपुर नजिक लागू औषध कारोबारमा संलग्न भारत उत्तर प्रदेश बहराइच रुपैडिया निवासी ३५ वर्षीय इलिहास अहमद पक्राउ परेका छन्। पक्राउका क्रममा प्रहरीमाथि आक्रमण भएपछि ३ राउण्ड हवाई फायर गरी नियन्त्रणमा लिइएको र २८० ग्राम १६० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै, ४ करोड ९२ लाख रुपैयाँभन्दा बढीको शंकास्पद बैंक कारोबार भेटिएपछि हुन्डीसम्बन्धी मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाइएको छ।

हराएका ५६ मध्ये ३८ जना फेला

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ ३८ उजुरी दर्ता भएका छन्। पुस महिनामा हराएका ५६ जनामध्ये ३८ जना फेला परेका छन् भने केहीको खोजी जारी छ।

आत्महत्या र सवारी दुर्घटना

पुस महिनामा ७ वटा आत्महत्या घटना भएका छन्, सबै झुण्डिएर आत्महत्या गरिएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। मृतकमध्ये ४ महिला र ३ पुरुष रहेका छन्।

यस्तै, १११ वटा सवारी दुर्घटनामा ६ जनाको मृत्यु१६० जना घाइते भएका छन्। दुर्घटनाको मुख्य कारण तीव्र गति रहेको प्रहरीले जनाएको छ।

शान्ति सुरक्षा र सचेतना कार्यक्रम

महिनाभर ८९९ पटक पिकेट, ३९० पटक सवारी चेकजाँच, १५६० ग्रामीण गस्ती सञ्चालन गरिएको छ। समुदाय तथा विद्यालय केन्द्रित ५८ सचेतनामूलक कार्यक्रमबाट १ हजार ६४३ जना लाभान्वित भएका छन्।

विपद् र राजस्व नियन्त्रण

१० वटा विपद् घटनामा ७५ जना प्रहरी परिचालन भई २४ लाख रुपैयाँभन्दा बढीको क्षति विवरण संकलन गरिएको छ। भन्सार छली नियन्त्रणमा २७ लाख ३७ हजार रुपैयाँ बराबरका सामान, ६ जना व्यक्ति, १ गाडी र १ मोटरसाइकल नियन्त्रणमा लिइएको छ।

नागरिक सुनुवाइ र सेवा प्रवाह

भेरी प्राविधिक शिक्षालय नेपालगञ्जमा नागरिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको थियो, जहाँ लागू औषध नियन्त्रणमा प्रहरी–समुदाय सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख