
७ पुस,
नेपालगन्ज । सवारी ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
सम्मानित बाँके जिल्ला अदालतले मिति २०७९।०५।२७ गते सुनाएको फैसलाअनुसार ३ वर्ष ६ महिना कैद सजाय र रु. ३७,०००/- जरिवाना तोकिएका जिल्ला बाँके जानकी गाउँपालिका–६ करातीपुर निवासी कोमल प्रसाद गडरीयालाई आज (सोमवार) पक्राउ गरिएको हो।
पक्राउ परेका गडरीयालाई आवश्यक कारवाहीका लागि सम्मानित बाँके जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक पातलीले जानकारी दिए ।








