१ पुस,

बाँके । देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहे पनि शिक्षाका लागि ठूलो रकम विदेशिने क्रम बढ्दो देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकअनुसार शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोडपुगेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड रहेको थियो। यस आधारमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा मात्रै अघिल्लो वर्षको तुलनामा करिब रु १० अर्ब बढी रकम शैक्षिक गतिविधिका लागि देशबाहिरिएको राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी, सेवा खाताअन्तर्गत भ्रमण व्यय १६ दशमलव ४ प्रतिशतले वृद्धि भई रु ६४ अर्ब ५९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु ५५ अर्ब ४९ करोड रहेको थियो।

समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण आय ८ दशमलव १ प्रतिशतले वृद्धि भई रु १९ अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु १७ अर्ब ७६ करोड थियो।

यद्यपि, समीक्षा अवधिमा खुद सेवा आय रु ३२ अर्ब ६८ करोड घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु २३ अर्ब १ करोड घाटामा रहेको थियो।

यसले सेवा खाताको घाटा थप बढ्दै गएको संकेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित ख