२५ मंसिर,

बर्दिया । बर्दियामा गोली प्रहार गरी २८ वर्षीय निरज चौधरीको हत्या गरेको आरोपमा दाङ तुलसीपुर–६ का ५१ वर्षीय महावीर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान करिब ३ बजे कैलालीको कैलारी गाउँपालिका–२ स्थित एक खाली घरमा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको कैलालीका निमित्त प्रहरी प्रवक्ता इन्स्पेक्टर कैलाश विष्टले जानकारी दिए।

महावीर नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीका साइँला भाइ हुन्। दुई दशकदेखि उहाँहरू अलग बस्दै आएका छन्।

आइतबार बिहान बर्दियाको राजापुर–४ स्थित हमार थारू घर एन्ड रेस्टुरेन्टमा महावीरले निरजको कन्चटमा गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ। पोल्ट्री फर्मको रेखदेखका लागि निरजलाई दाङबाट बर्दिया ल्याइएको थियो, जसको जग्गा पूर्वमुख्यमन्त्री चौधरीकै नाममा रहेको बताइएको छ।

घटनास्थलबाट गोली र अन्य प्रमाण बरामद गरिएको बर्दियाका निमित्त प्रवक्ता इन्स्पेक्टर प्रकाशसिंह कार्कीले बताए।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार महावीरले निरजलाई तल्लो बाटो हुँदै अमेरिका पठाइदिने भन्दै ठूलो रकम लिएका थिए। तर आप्रवासन कडाइका कारण निरज अमेरिका जान नसक्दा उनले पैसा फिर्ता माग्दै आएका थिए।

यही रकम फिर्ताका विवादकै बीच आइतबार पनि झगडा हुँदा महावीरले निरजको हत्या गरेको खुलेको छ।

महावीर अमेरिकी ग्रीन कार्डधारी हुन् र परिवारसहित अमेरिका बस्दै आए पनि नेपाल आउजाउ गर्दै विभिन्न व्यक्तिलाई तल्लो बाटो भएर अमेरिका लगिदिने लोभमा पारेर रकम उठाउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

पक्राउ परेका महावीर चौधरीलाई प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित ख