२४ मंसिर,

बर्दिया — राजापुर नगरपालिका–४ स्थित हमार थारु घर रेष्टुरेन्टमा कार्यरत २७ वर्षीय निरज चौधरीको हत्या भएको पुष्टि भएको छ। घटनास्थलबाट प्रहरीले अमेरिकाको ग्रीन कार्ड, भारतीय आधार कार्ड, राहदानी तथा केही विदेशी मुद्रासमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले जानकारी दिए।

हत्या प्रकरणमा संलग्न भएको आशंका गरिएका ५१ वर्षीय महावीर चौधरी फरार रहेका छन्। उनी दाङको तुलसीपुर नगरपालिका–५ घर भई राजापुरमै रहेको पोल्ट्री फर्ममा काम गर्दै आएका थिए।

आइतबार बिहान करिब ८ बजे निरज चौधरी रेष्टुरेन्टभित्र अचेत अवस्थामा भेटिएका थिए। उनलाई उपचारका लागि नेपालगन्जस्थित शिक्षण अस्पताल पुर्‍याइएको भए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

एम्बुलेन्स ल्याउने बहाना बनाएर महावीर चौधरी मोटरसाइकल चढेर फरार भएकाले प्रहरीले खोज तथा अनुसन्धान तीव्र पारेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख