
२२ मंसिर,
बाँके/कोहलपुर — ईलाका प्रशासन कार्यालय कोहलपुरका शाखा अधिकृत अन्तिम सिंजालीले एक सार्वजनिक सूचना जारी गर्दै कोहलपुर नगरपालिका–२ कौशिलानगरस्थित फायरिङ रेञ्ज क्षेत्रमा दुई दिन फायरिङ अभ्यास सञ्चालन हुने जानकारी दिएका छन्।
नेपाली सेना रणबम गण, बाँकेबाट प्राप्त पत्र अनुसार रणबम गणमा सञ्चालन भईरहेको सि.सं. २४ र २५ युनिट आधार तालिमका ४० जना शिक्षार्थीले मंसिर २४ र २५ गते विहान ७ बजेदेखि रात नबस्नेगरी फायरिङ अभ्यास गर्ने भएका छन्।
अभ्यास लुम्बिनी प्रदेश, बाँके जिल्ला, कोहलपुर नगरपालिका–२, कौशिलानगर स्थित फायरिङ रेञ्ज ईलाकामा हुने हुँदा सो क्षेत्र वरपर आवत–जावत पूर्ण रूपमा नगर्न स्थानीय बासिन्दालाई अनुरोध गरिएको छ।
प्रशासनले उक्त अवधिमा स्थानीयले अनावश्यक जोखिम नलिई सुरक्षित दूरी कायम गर्न र सूचनालाई कडाइका साथ पालना गर्न आग्रह गरेको छ।








