२० मंसिर,
बर्दिया — नागरिकता प्राप्तिको संघर्षका क्रममा एक युवती र उनका बुवाको मृत्यु भएको घटनाले देशभर व्यापक चर्चा पाएको बेला प्रधानमन्त्री सुशीला कार्कीले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै माफी मागेकी छन्। शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री कार्कीले घटनाले आफूलाई अत्यन्त मर्माहत बनाएको बताइन्।

बर्दियाको बढैयाताल–४ दक्षिण भकारी गाउँकी एक युवती नागरिकता प्राप्तिका लागि निरन्तर संघर्षरत रहँदै ज्यान गुमाउन बाध्य भएकी थिइन्। सो घटनापछि एक महिनाभित्र नै उनकी ६१ वर्षीय बुवाको पनि निधन भएको थियो, जसले समाज तथा राज्य दुवैका लागि ठूलो प्रश्न खडा गरेको छ।

प्रधानमन्त्री कार्कीले यस घटनालाई “समाज र राज्यका लागि ग्लानिको विषय” भन्दै न्यायिक तथा प्रशासनिक झन्झटका कारण यस्तो अवस्था आएको हो भने प्रधानमन्त्रीका रूपमा माफी चाहने उल्लेख गरेकी छन्।

यससँगै उनले घटनाको गम्भीर अनुसन्धानका लागि गृहमन्त्रीलाई सत्यतथ्य अध्ययन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको जानकारी दिइन्। नागरिकता तथा लैंगिक आधारमा हुने कुनै पनि प्रकारको विभेद र हिंसा सह्य नहुने स्पष्टपार्दै प्रधानमन्त्री कार्कीले न्याय सुनिश्चितताका लागि सबै पक्षले सहजीकरण गर्नुपर्नेमा जोड दिएकी छन्।

प्रतिक्रिया

सम्बन्धित ख