३ मंसिर,

बर्दिया – बर्दियामा प्रहरीले शंका लाग्ने क्रममा चेकजाँच गर्दा एक युवकलाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ।

मंगलबार राति ११ बजे इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले बढैयाताल गाउँपालिका–३ सिमरा क्षेत्रमा पैदल हिँडिरहेका एक युवकलाई जाँच गर्ने क्रममा लागूऔषध फेला पारेको हो।

प्रहरीका अनुसार जिल्ला बाँके, बैजनाथ गाउँपालिका–५ बनकटुवा घर भएका २३ वर्षीय इन्सेक थारुको साथबाट प्लास्टिकमा राखिएको १ पुडिया ब्राउनसुगर जस्तो देखिने खैरो रंगको धुलो पदार्थ फेला परेको छ। प्लास्टिकसहित तौल गर्दा ५ ग्राम १७० मिलिग्राम र प्लास्टिक खोलेर शुद्ध तौल गर्दा ४ ग्राम ६१० मिलिग्राम भएको प्रहरीले जनाएको छ।

उक्त लागूऔषधसहित थारुलाई आवश्यक कानुनी कारबाहीका लागि रितपूर्वक नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक देवेन्द्र कुमार मल्लले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख