२ मंसिर,

बाँके – लागू औषध (ब्राउन सुगर) सम्बन्धी मुद्दामा फरार रहेका नन्दराम गडरिया अखिर पक्राउ परेका छन्। जिल्ला बाँके, जानकी गाउँपालिका–६ कोठारपुरका गडरियालाई सम्मानित बाँके जिल्ला अदालतले मिति २०८१/०९/२८ गते ३ महिनाको कैद सजाय तोकेको थियो।

सजाय निर्धारण भए पनि फरार रहेका गडरियालाई आज प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया तथा कारवाहीका लागि बाँके जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख