११ कार्तिक,

बाँके — भदौ २४ गते GEN-Z प्रदर्शनको क्रममा नौबस्ता कारागारबाट फरार भएका कैदी अब्दुल सलिम हलवाईलाई प्रहरीले पुनः पक्राउ गरेको छ।

जिल्ला बाँके, नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ३ बस्ने ४३ वर्षीय हलवाई लागू औषध सम्बन्धी मुद्दामा ६ वर्ष कैद सजाय भोगिरहेका थिए। उनी प्रदर्शनको दिन कारागारबाट भागेका थिए।

प्रहरीले उनलाई पक्राउ गरी पुनः कारागार कार्यालय नौबस्तामा बुझाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार फरार कैदीको खोजतलासलाई तीव्र बनाउँदै जाँदा पक्राउ गर्न सफल भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित ख