
९ कार्तिक,
बाँके । गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तथा सहसचिवहरूको सरुवा र पदस्थापन गरेको छ। मन्त्रालयले साँझ सार्वजनिक गरेको सूचनाअनुसार सहसचिव र प्रजिअ गरी कुल ३६ जनाको सरुवा र पदस्थापन गरिएको हो।
जारी सूचनामा ३१ जना प्रमुख जिल्ला अधिकारी, एक जना प्रमुख अध्यागमन अधिकृत, दुई जना सहसचिव र दुई जना महानिर्देशकको सरुवा र पदस्थापन गरिएको उल्लेख गरिएको छ।
त्यसै क्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई जिल्ला प्रशासन कार्यालय उदयपुरमा सरुवा गरिएको छ। बाँकेमा जोशीले कार्यकालका दौरानमा प्रशासनिक व्यवस्थापन, शान्ति–सुरक्षा र सेवा प्रवाहमा सक्रिय भूमिका निर्वाह गरेका थिए।












