९ कार्तिक,

काठमाडौं – मन्त्री नियुक्तिका लागि नाम सिफारिस भएसँगै विभिन्न विवादित प्रकरणहरू बाहिर आएपछि खगेन्द्र सुनारको नाम मन्त्री बन्ने सूचीबाट अन्तिम समयमा हटाइएको छ।

सुनारविरुद्ध अदालतको मानहानीदेखि तोडफोडसम्मका मुद्दा विचाराधीन रहेको खुलेपछि उनको चौतर्फी आलोचना भएको थियो। सोही कारण प्रधानमन्त्री सुशीला कार्कीले आइतबार दिउँसो हुने शपथ समारोहमा सुनारको नाम सूचीबाट काट्ने निर्णय गरेकी हुन्।

स्रोतका अनुसार, मन्त्री नियुक्तिका लागि तयार पारिएका अर्को उम्मेदवार गणपतिलाल श्रेष्ठको शपथ पनि रोकिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका रूपमा सिफारिस भएका श्रेष्ठ विवादमा मुछिएको भन्दै उनको शपथ स्थगित गरिएको बताइएको छ।

यससँगै आजका लागि दुई जना मन्त्री मात्र शपथ ग्रहण गर्ने भएका छन्। तीमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि डा. सुधा शर्मा गौतम र उद्योग मन्त्रालयका लागि बब्लु गुप्ता मन्त्रीका रूपमा शपथ ग्रहण गर्ने तयारीमा छन्।

यसअघि खगेन्द्र सुनार, गणपतिलाल श्रेष्ठ, डा. सुधा शर्मा गौतम र बब्लु गुप्ता गरी चार जनाको नाम मन्त्रीका रूपमा सिफारिस गरिएको थियो। तर विवादका कारण सुनार र श्रेष्ठको नाम अन्तिम समयमा हटाइएपछि अब दुई मन्त्री मात्र शपथ लिने भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित ख