२२ साउन,

बाँके/ कोहलपुर । कोहलपुर नगरपालिकाले शिक्षण सिकाइ सहजकर्ता पदमा कर्मचारी आवश्यक परेकाले योग्य उम्मेदवारहरूलाई दरखास्त दिन आह्वान गरेको छ। नगरपालिकाले शिक्षण सिकाइ सहजकर्ता कार्यविधि २०८० को बुँदा ७ अनुसार दरखास्त माग गरेको हो।

नगरपालिकाले सामाजिक र नेपाली विषयमा विभिन्न तहका तीन पदहरूमा सहजकर्ता नियुक्त गर्न लागेको हो। सम्बन्धित विषयमा स्नातक वा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण उम्मेदवारहरूले दरखास्त दिन सक्नेछन्।

परीक्षा शुल्क माध्यमिक तहका लागि रु १००० र आधारभूत तहका लागि रु ७०० निर्धारण गरिएको छ।

उम्मेदवारहरूको छनोट लिखित, मौखिक तथा आवश्यक परेको खण्डमा प्रयोगात्मक परीक्षा मार्फत गरिनेछ। परीक्षा सम्बन्धी थप कार्यतालिका दरखास्त दिने अन्तिम मिति भोलिपल्ट सार्वजनिक गरिने जनाइएको छ।

सफल उम्मेदवारहरूलाई करार सूचीमा राखी आवश्यकता अनुसार विद्यालयहरूमा खटाइने नगरपालिकाले जनाएको छ। पारिश्रमिक तथा सेवा सुविधा कार्यविधि २०८० अनुसार प्रदान गरिनेछ।

दरखास्त दिने अन्तिम मिति २०७९ भदौ ५ गते कार्यालय समयभित्र रहेको छ। तोकिएको म्यादपछि प्राप्त हुने वा अपुरो दरखास्त स्वीकार गरिने छैन।

प्रतिक्रिया

सम्बन्धित ख