
२२ कात्तिक,
बाँके । कोहलपुरमा सञ्चालित एक नीजि विद्यालयका सञ्चालक बलात्कार आरोपमा पक्राउ परेका छन् ।
पीडित बालिकाको उजुरीको आधारमा सञ्चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँके इन्सपेक्टर नवीन चापागाईंले जानकारी दिए ।
‘१४ वर्षीय बालिकाले जबरजस्ती करणीको उजुरी दिएपछि हामीले नियन्त्रणमा लिएर कार्यालयमा ल्याइसकेका छौं,’ प्रहरी निरीक्षक चापागाईंले भने, ‘यसबारे थप बुझ्ने काम भइरहेको छ ।’
प्रहरीले पीडित बालिकाको स्वास्थ्य परीक्षण समेत गराइसकेको छ । यसबारे थप जानकारी आउन बाँकी छ ।









