
१९ कात्तिक,
बाँके । बाँकेको नेपालगञ्जमा डेढ लाख रुपैयाँसहित १४ जना जुवाडे पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक अरुण बमको नेतृत्वमा खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका– ४, सल्यानीबागबाट जुवातास खेलिरहेका १४ जना जुवाडेलाई पक्राउ गरेको हो ।
जुवातास खेलिरहेको सूचनाको आधारमा गएको प्रहरी टोलीले सोमबार बिहान करिब साढे १ बजेको समयमा सल्यानीबागस्थित सुवाष तारामी मगरको घरमा छापा मार्दा एक लाख ५४ हजार ८२० रुपैयाँ र चार गड्डी ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा, नेपालगन्ज उपमहानगरपालिका– ४ का ४० वर्षीय पृतम शाक्य, सोही ठाउँका ४८ वर्षीय रामबहादुर पाण्डे, ३० वर्षीय सुरज श्रेष्ठ, सोही ठाउँका ४३ वर्षीय विशालजंग शाही र ४१ वर्षीय उमेश सिंह रहेका छन्।
त्यसैगरी, सल्यानीबागका ४२ वर्षीय अर्जुन सुनार, सोही ठाउँका ३० वर्षीय प्रेम सुनार, ४० वर्षीय बुद्धि रसाइली, ४० वर्षीय सुलभ सार्की, ३८ वर्षीय सुवास तारामी मगर, ४१ वर्षीय रविन थापा, ४६ वर्षीय लोकेन्द्र श्रेष्ठ, ४४ वर्षीय शरद श्रेष्ठ र सोही ठाउँका ४७ वर्षीय प्रकाश पोखरेल पक्राउ परेका हुन् ।
उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









