
१ साउन,
✍🏻सुसीला रेग्मी /बाँके । भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०।८१ मा लक्ष्य भन्दा न्यून राजस्व सङ्कलन गरेको छ ।
गत आवमा २८ अर्व ६६ करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य रहेकोमा १८ अर्व १५ करोड रुपैयाँ मात्रै राजश्व सङ्कलन भएको भन्सार प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए ।
गत आवमा ६३.३४ प्रतिशत राजस्व सङ्कलन गरेकाे थियाे । आर्थिक वर्ष २०७९.८० मा भन्सार लक्ष्य २९ अर्व ३२ करोड रुपैयाँ रहेकोमा १८ अर्व १९ करोड ६९ लाख ७५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । अघिल्लो आव भन्दा गत आवमा करिब ४ करोड कम राजस्व सङ्कलन भएको छ ।
नेपालगञ्ज भन्सार कार्यालयबाट चिनी, डिजेल, चामल, जुत्ताचप्पलको आयात घट्दा राजस्व सङ्कलनमा कमी आएको भन्सार प्रमुख विश्वकर्माले बताए ।








