बाँकेमा खुलेआम यौन धन्दा भइरहँदा अहिले सम्म त्यसको रोकथाम हुन सकेको छैन। पहिलेको तुलनामा अहिले यौन अखडाहरु बढ्दै गइरहेका छन्। पश्चिम नेपालको ठुलो सहर भनेर चिनिने बाँकेको नेपालगंजमा ठुलो मात्रमा यौन अखडाहरु लामो समय देखी सन्चालनमा रहेका छन्।यसरी यौन प्यास मेटाउन ठुलो मात्रामा भारतिय नागरिकहरु नेपालमा आउने गर्दछन्। केही संख्यामा नेपाली युवाहरु पनी बाँकेका विभिन्न यौन अखडाहरु चाहार्दै हिडेको देखिन्छ। नेपालगंजको बसपार्क , कारकाँदो, राँझा , कोठारपुर लगाएत कोहलपुरका विभिन्न होटेलहरुमा केही लागु औषध दुर्वसनीमा लागेका युवतीहरु र केही युवतीहरु मादक पदार्थ सेवन गरेर नशाको तालमा यौन धन्दा गराउँदै आइरहेका छन्।यौन धन्दा सञ्चालन गर्दै आएका केही नास्ता पसल होटेलहरुमा पसलको साईन बोर्ड नै नराखी यौन धन्दा चलाई रहेका छन्। च्याउ जस्तै उम्रिएका केही यौन अखडाहरुमा बाँके प्रहरीले पटक-पटक छापा हाने पनी अर्को दिन नै छुट्ने र यौन अखडा सञ्चालन गर्ने साहुलाई कुनै पनी कार्बाही नहुने भएको हुँदा यस्ता यौन अखडा सञ्चालन गर्नेको संख्या दैनिक रूपमा बढ्दो क्रममा रहेको जानकारहरुले बताएका छन् । १ पटक शहवास गरेको १०००- १५०० पुरा रातको ३०००देखी ८००० सम्म लिने गरेको यौन व्यवसाय गरी रहेका केही व्ययसायीले बाँके अपडेटलाई बताएका छन्।विभिन्न यौन व्यवसायीहरुलाई नेपाल प्रहरीका सादा पोषाकमा खटिएका केही प्रहारीहरुको संरक्षणमा नै यौन व्यवसाय सञ्चालन भएको स्रोतले बताएको छ। आफ्नो संरक्षणमा रहेका यौन धन्दा चलाइरहेका होटेलमा गएर नेपाल प्रहरीका केही कर्मचारी नै यौन कर्मीसँग फ्रिमा बस्ने गरेको नाम नबताउने सर्तमा एक किशोरीले बाँके अपडेटलाई बताएकी छन् ।पुलिसका मान्छे आएपछी होटेल बालाले नै फ्रिमा पुलिस सँग बस्न लगाएको उनको गुनासो छ । अहिले पछिल्लो चरणमा भारत गएर शरिर बेच्ने युवतीहरु ठुलो सङ्ख्यामा रहेको पाइन्छ साथै उनिहरुले आफुहरुलाई देहव्यापार गर्न सजिलो होस भनेर भारतिय प्रहरी र नेपाल प्रहरी समेतलाई पैसा दिएर आउने जाने गरेको स्रोतले बाँके अपडेटलाई बताएको छ।यस्ता यौन अखडाहरु साथै देहव्यापारमा संलग्नहरुको बाँके प्रहरीलाई जानकारी हुदाँ समेत बाँके प्रहरी कानमा तेल हालेर बसेको जानकारहरु बताउँछन।

प्रतिक्रिया

सम्बन्धित ख