
✍🏻गोविन्द भण्डारी
बाँके,मिति २०८०।११।१८ गते बिहान अन्दाजी ०७:०० बजेको समयमा जिल्ला बाँके को बैजनाथ गाँउपालिका वडा नं ५ स्थित बनकट्टी देखि जि गाँउ जाने भित्री पक्की बाटो किनारामा जिल्ला बर्दिया, बारबर्दिया नगरपालिका वडा नं ९ बनगाई बस्ने बर्ष २७ की उर्मिला चौधरीको शव फेला परेको थियो । उक्त घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा उक्त घटना कर्तव्य गरी मारेको हुनसक्ने देखिएकोले इलाका प्रहरी कार्यालय कोहलपुरले सुक्ष्म रूपमा अनुसन्धान गर्दै गर्दा निज उर्मिला चौधरीलाई जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं २ मुक्तिनगर बस्ने बर्ष ४५ को राम सिंह थारुले मिति २०८०।११।१७ गते रातीको समयमा घाटी थिची मारेको खुल्न आएको छ। अहिले निज राम सिंह थारुलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिई सम्मानित बाँके जिल्ला अदालतबाट पहिलो पटक दिन ५ (पाँच) हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी सुन्दर तिवारीले बताउनु भएको छ।









