२८ माघ,

ललितपुर : क्रिकेट खेलाडी देव खनालले एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको वर्ष युवा खेलाडीको अवार्ड जितेका छन्।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार एक कार्यक्रमबीच युवा खेलाडीको अवार्ड यु-१९ क्रिकेट टोलीका कप्तान खनाललाई दिएको हो।

अवार्ड विजेता खनालले बक्सिङकी सुष्मा तामाङ र एथलेटिक्सकी राममाया बुढालाई पछि पारेका थिए। ८ वर्षको खडेरी तोड्दै २०२४ को आईसीसी यु-१९ विश्वकप क्रिकेट खेल्न उनले सफल बनाएका थिए।

खनालको कप्तानीमा नेपाल यूएईलाई फाइनलमा पराजित गरी एशिया छनोटको उपाधि जित्न सफल भएको थियो। उनकै कप्तानीमा लुम्बिनी प्रदेशले यु-१९ राष्ट्रिय प्रतियोगितामा उपविजेता बनेको थियो।
उनले अवार्डसहित पल्सर बाइक पनि जितेका छन्।

प्रतिक्रिया

सम्बन्धित ख