२८ माघ,

बाँके। नेपाली सेनामा भर्ती गराइ दिन्छु भन्दै रकम ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोगमा ईलाका प्रहरी कार्यालय कोहलपुरले दैलेख भगवती गाउँपालिका-७ तप्लुङका ३० वर्षीय रमेशकुमार थापालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।

उनलाई सुर्खेतको जिल्ला सदरमुकाम वीरेन्द्रनगर-११ स्थित पिपिराबाट सुर्खेत प्रहरीको सहयोगमा पक्राउ गरिएको डिएसपी तिवारीले बताउनुभयो ।

थापाले कोहलपुर-११ बसपार्ककी बालकुमारी टमटा र गोविन्द विकबाट नेपाली सेना बनाइदिन्छु भन्दै चार लाख रुपैयाँ लिइ ठगी गरेका थिए ।

अहिले नेपाली सेनाका लागि छनौट प्रक्रिया चलिरहेको छ । सोही मौकामा ठग्ने नियतले थापाले पैसा असुली गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख