बाँके। भैरहवामा सञ्चालित पाँचतारे होटल टाइगर वानले विगतमा सञ्चालन गरेको क्यासिनोको बक्यौता रकम होटल टाइगर वान प्यालेस नै तिरेको छ । उक्त होटलले क्यासिनोको बक्यौता रकम भुक्तानी गरे सँगै अब टाइगर प्यालेसलाई क्यासिनो पुनः सञ्चालन गर्ने बाटो पनि खुलेको छ ।पर्यटन विभागका निर्देशक कालिबहादुर भुजेलले बताए अनुसार टाइगर प्यालेसमा सञ्चालित क्यासिनोले तिर्न बाँकी २२ करोड ६० लाख रुपैयाँ बक्यौता रकम भुक्तानी गरेको हो।
बैंक ग्यारेन्टी वापत राखेको २५ करोड ९० लाख रुपैयाँ पनी उक्त क्यासिनोले तिरेको छ । बक्यौता भुक्तानी रकम र बैंक ग्यारेन्टीमा राखेको रकम समेत जोड्दा टाइगर प्यालेसले एकै पटक करिब ५० करोड रकम तिरेको उनले बताएका छन् ।भैरहवाको टाइगर प्यालेस र काठमाडौंमा रहेको सांग्रिला होटलमा एउटै कम्पनी एसएचएल म्यानेजमेन्ट सर्भिसेस प्रा .लि.ले क्यासिनो सञ्चालन गर्दै आएको थियो ।
एसएचएल म्यानेजमेन्ट कम्पनीले नै आफूहरूले खरिद गरेको दुवै होटलको बक्यौता रकम भुक्तानी गरेको टाइगर प्यालेसका सञ्चालक बुद्धिसागर सुवेदीले बताएका छन् ।उनले भनेका छन् ‘भैरहवाको होटलको बक्यौता रकम पूरै भुक्तानी गऱ्यौं, सांग्रिला होटेलको बक्यौता रकम भने बैंक ग्यारेन्टीका रूपमा भुक्तानी गरेका छौं,’ भनेर बताएका छन् ।
बक्यौता रकम तिरेपछि अब यो होटलले क्यासिनो चलाउन पाउने उनले बताएका हुन । सोही अनुसार होटललाई क्यासिनो चलाउन दिने लाइसेन्स समेत नवीकरण गरिएको विभागका निर्देशक कालिबहादुर भुजेलले बताएका छन् ।नेपाल सरकारले क्यासिनोको बक्यौता लामो समयसम्म पनी नउठेपछि होटललाई जिम्मेवार बनाउनको लागि बक्यौता रकम नतिरेसम्म दर्ता नवीकरण नगर्ने नीति लिएको थियो। सोही नितिका कारण होटलले क्यासिनोको बक्यौता रकम भुक्तानी गरेको भुजेलले बताएका छन् ।टाइगर प्यालेस अहिले नयाँ व्यवस्थापन टिमले किनेर चलाइरहेको छ । एसएचएल बाट नेपालमा लगानी भएको यो होटललाई हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले खरिद गरी सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख