✍ गोविन्द भण्डारी

मिति २०८०।०८।२९ गते ११:४० बजेको समयमा जिल्ला बाँके डुडुवा गा.पा. १ टेपरी स्थित स.प्र.बल नेपाल वोर्डर आउट पोष्ट खडैचाबाट स.प्र.नि ओम प्रसाद ढकालको कमाण्डमा खटिएको ७ जनाको पैदल गस्ती टोलीले भारत बाट नेपाल तर्फ ल्याउदै गरेको अनुमानित मूल्य रु२,०३,५००।- बराबरको सामान बरामद गरी भन्सार कार्यालय नेपालगंजमा बुझाएको छ ।कागतिको बिरुवाः- १२७० गोटा अनुमानित मूल्य रु.१,९०,५००।-,निमको विरुवाः- २० गोटा अनुमानित मूल्य रु. ३,०००।,साईकलः-५ गोटा अनुमानित मूल्य रु. १०,०००/-अवैध सामानहरु भारतबाट नेपाल ल्याउने जिल्ला बाँके जानकी गा.पा.६ बस्ने वर्ष ३२ को राजेश कुमार हरिजन लाई निमन्त्रण लिइएको छ ।त्यसैगरी १०:३० बजेको समयमा जिल्ला बाँके डुडुवा गा.पा. ६ भङगोटना स्थित स.प्र.बल नेपाल वोर्डर आउट पोष्ट कालाबन्जारबाट स.प्र.नि. निरेन्द्र गुरुङको कमाण्डमा खटिगएको ७ जनाको पैदल गस्ती टोलीले भारत बाट नेपाल तर्फ ल्याउदै गरेको अनुमानित मूल्य रु८,६१,२५०।- बराबरको मोबाईलको पार्टस र घडिको पार्टस बरामद गरीएको छ।३० न. गणबाट खटिएको टिमले हरियो तरकारी र किरानाको सामानहरु मूल्य रु ९०९४० बराबर को सामान बरामत गरेको छ ।त्यसै गरि प्र.सि.पु गुल्म जमुनाहले पनी रु ३९१३० बराबरको हरियो तरकारी र किरानाको सामान बरामत गरेको छ ।बरामत गरिएका सम्पूर्ण सामानहरु नेपालगंज भन्सार कार्यालयमा बुझाएको छ भनि नं.३० गण हे.क्वा.बागेश्वरी बाँकेले बताएको छ।दैनिक रुपमा बाँकेका सशस्त्र प्रहरी बल नेपाल का एस पी रमेश विक्रम शाहीको कडा निर्देशन पछी अहिले बाँकेमा भन्सार छली ल्याउने सामान र व्यक्तीहरु धमाधम पक्राउ परि रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित ख