✍ गोविन्द भण्डारी
बाँके,सशस्त्र प्रहरी बल नेपाल न. ३० गणका एसपी रमेश बिक्रम शाहीले खटाएको विशेष टिमले आज ठुलो मात्रामा एउटा म्याजिक भ्यान सहित कपडा ,पित्तलका मूर्तिहरु र काँसका भाँडाहरु बरामत गरेको छ ।भे १ च २३५७ न. को म्याजिक गाडि १ गोटा, आरती सुरवाल सुट ७० पिस, सर्ट पाइन्टको कपडा ३८३ पिस, फेन्सी साडी ३३ पिस, फेन्सी पानीपुरी लेडिज सुट २४० पिस, फेन्सी साडी नेट ९६ पिस, बल्याक स्ट्रिल बनारसी साडी ६० पिस , फ्रेन्ड साडी ६० पिस, पित्तलका मूर्ति १५५ के. जी. र काँसका भाँडाहरु ३१० के. जी. रहेका छन्।उक्त म्याजिक भ्यान ,कपडा , मूर्ति र भाँडाका सामानहरु लाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा पठाईएको सशस्त्र प्रहरी बल ३० नं गणले बताएको छ।
राज्य र संगठन प्रति इमान्दार भएर काम गर्ने जोस जाँगर भयका सशस्त्र प्रहरी बल ३० न. गणका एसपी रमेश बिक्रम शाही ले बाँकेमा आए देखी तस्कर र विचौलियाहरुको जालो लाई तोड्दै सुक्ष्म तरिकाले काम गदै दिन प्रतिदिन सशस्त्र प्रहरी बल नेपालले सफलता पाइरहेको छ ।स्रोतका अनुसार सशस्त्र प्रहरी बल ३० न. गणका एसपी रमेश बिक्रम शाहीलाई कुनै पनी विचौलीया को पैसा र पावर नचल्ने भएकाले नै बाँके मा हुने चोरी पैठारीका सामानहरु बरामत गर्न सशस्त्र प्रहरी बल सफल भइरहेको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित ख