औषधि व्यवस्था विभागले एक सुचना जारी गर्दे लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान ५ एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी उत्पादनमा रोक लगाइएको छ ।
लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ८५० एमजीलाई उत्पादनमा रोक लगाइएको हो ।
अनुगनम, मूल्याकन तथा कानुन कार्यावन्यन महाशाखाका प्रमुख पान बहादुर क्षेत्रीका अनुसार यी सबै औषधिहरु नेपाली कम्पनीबाट उत्पादित औषधिहरु हुन् उनका अनुसार पहिले अनुमति दिइएको थियो, तर प्राविधिक मुल्यांकनका आधारमा तत्कालका लागि उत्पादनमा रोक लगाइएको छ ‘अहिले रोक लगाएको औषधि अन्तराष्ट्रिय बजारमा यही मात्रामा दर्ता भएको छैन । यी औषधि मानिसलाई सुरक्षित, प्रभावकारी नभएको र शरीरमा सहन गर्ने क्षमता कम भएको भएको कारण रोक लगाइएको हो,’ महाशाखाका प्रमुख पान बहादुर क्षेत्रीले जनाएका छन l विभागले औषधि सल्लाहाकार समितिको बैठकबाट यसबारे थप निर्णय हुने जनाएको छ l

प्रतिक्रिया

सम्बन्धित ख