कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कैलाली जिल्लाको भजनी नगरपालिका र गौरीगंगा नगरपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कैलालीको भजनी नगरपालिका–५ लालबोजीमा सोमबार सुप प्र ०१०१२ प ९४५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २२ वर्षीय रामबहादुर साउदको मृत्यु भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार आफैं अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका साउदको उपचारका क्रममा भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो।
यस्तै गरि सोमबार नै कैलालीको गौरीगंगा नगरपालिका–३ को कुचैनीमा से ३ प १४१७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका–१३ बस्ने ४५ वर्षीय कुत्ते सार्कीको मृत्यु भएको छ ।प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
उक्त मोटरसाइकल दुर्घटनामा परी धनगढीकै ३९ वर्षीय तेजबहादुर सार्की घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख