
✍ गोविन्द भण्डारी
बिधुत प्राधिकरणले सदरलाईन रोडस्थित तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलास, बाँके जिल्ला अदालत र भेरी अस्पताल क्षेत्रका रुख बिरुवा शनिबार दिउँसो काटेको थियो। बिधुत प्राधिकरणले तार व्यवस्थापन गर्ने निहुँमा कसैसँग पनि समन्वय नगरेर रुख काटेपछि अहिले चौतर्फी रुपमा विरोध भएको छ ।नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टलेभनेका छन् दुःख गरेर हुर्काएका रुख, बिरुवालाई बिद्युत् प्राधिकरणले काटेको बताए। प्राधिकरणले स्थानीय सरकार, डिभिजन वन लगायत कुनैपनि निकायसँग समन्वय नगरेको उनले गुनासो गरेका छन् ।‘बिद्युत् प्राधिकरणलाई कारबाहीका लागि हामी सिफारिस गर्छौ, हामीले दुःख गरेर हुर्काएका रुखहरू यसरी काटिएको छ कि आँखाबाट आँसु आउँछ,’ उनले भनेका छन् ।यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले रुख, बिरुवा काटेको दृश्य हेर्दा विवेक नभएको व्यक्तिले गरेको जस्तो देखिएको बताए छन् । पोखरेलले भनेका छन् ‘यो राम्रो गतिविधि होइन, हामीसँग प्राधिकरणले कुनै समन्वय गरेको छैन l क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जका अध्यक्ष एवम् अभियन्ता डा. विनोद कर्णले प्राधिकरणले गैर कानुनी रुपमा रुख काटेको बताएका छन्। ‘यो कानून विपरीत हो, रुख काट्नेलाई हदैसम्मको कारबाहीको माग गर्दछु l डा. कर्णले सामाजिक सञ्जालमा लेखेका छन्।उता नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले सम्भावित दुर्घटनाबाट जोगाउन नाङ्गो तारलाई छोएका रुख र हाँगाहरू काटिएको बताएका छन्। ‘नाङ्गो तारहरुलाई छोएका रुखहरुलाई व्यवस्थापन गरेका हौं भनेर प्रमुख जगन्नाथ लामिछानेले बतायका छन् । रुख काट्नु अघि प्राधिकरणले सार्वजनिक सूचना पनि जारी गरेको वितरण केन्द्रले जनाएको छ l









