काठमाडौं । प्रहरीले अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याएका मोबाइल बिक्री गर्ने एक जना मोबाइल व्यवसायीलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको पाटन स्थित मोबाइल व्यवसायी गदै आएका सुरेन्द्र दाहाललाई आइतवार पक्राउ गरेको छ।
काठमाडौं शंखरापुर नगरपालिका वडा नम्बर १ निवासी सुरेन्द्र दाहालले भारतबाट भन्सार छलि चोरी पैठारी गरी बिक्री वितरण गर्ने गरेको सुचनाको आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।
अनुसन्धान गर्नको लागि कार्यलयबाट खटिएको प्रहरीको टोलीले उनले सञ्चालन गरेको पसल खानतलासी गर्ने क्रममा उक्त पसलबाट भन्सार छली चोरी पैठारी गरी बिक्री वितरण गर्ने उद्देश्यले राखेका ओप्पो, भिभो, पोको, रियलमी लगायतका विभिन्न ब्राण्डका २४ थान मोबाइलहरु फेला परेको प्रहरीले जनाएको छ ।
उक्त जफत गरिएका मोबाइलहरु सहित आवश्यक कारबाहीका लागि दाहाललाई आन्तरिक राजस्व कार्यालय हरिहर भवन पुल्चोक पठाइएको छ।

प्रतिक्रिया

सम्बन्धित ख