✍ गोविन्द भण्डारी ,
बाँके । बाँकेको नेपालगञ्जमा ट्याङकरको ठक्करबाट हिजो एक जनाको मृत्यु भएको थियो।त्यसको विरोधमा अहिले नेपालगंजको धम्बोजी चोकमा टयार बालेर व्यापक प्रर्दशन भइरहेको छ ।नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ परस्पुर बस्ने वर्ष १७ की सालिनी पाठकको ट्याङकरले ठक्कर दिएर मृत्यु भएको थियो।हिजो साँझ करिब ६ बजेको समयमा नेपालगञ्ज १७ बस्ने परस्पुर बस्ने दिलिप कुमार पाठकले चलाएको भे ११ प ७६५७ नं. को मोटरसाइकललाई ना ३ ख ८८५२ नं. को डिजल बोकेको ट्याङकरले ठक्कर दिदा उनको मृत्यु भएको थियो ।ट्याङकरको ठक्करबाट मोटरसाइकल चालकको छोरी घाईते भई उपचारका लागि भेरी अस्पताल नेपालगंज बाँकेमा पठाएकोमा डाक्टरले चेकजाच गर्दा ६:१५ मा मृत घोषणा गरेका थिए ।ट्याङ्कर चालक बाँकेको जानकी गाउँपालिका वडा नम्बर ४ शान्ति टोल बस्ने बर्ष ३१ को राजेश शर्मालाई प्रहरीले हिजो नै नियन्त्रण मा लिइसकेको ज्ञानकारी प्राप्त भएको छ।अहिले नेपालगंजको धम्बोजी चोक आसपासमा कुनैपनी क्षती हुन नदिनको लागि सुरक्षा व्यवस्था एकदमै कडा पारिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख