२२ भाद्र,

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्दैछ । फिफा विन्ड‍ अन्तर्गत दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली टोली अहिले म्यानमारमा छ ।

नेपाल र म्यानमारबीचकाे पहिलो खेल म्यानमारको राजधानी याङ्गुनस्थित थुवुन्ना स्टेडियममा नेपाली समय अनुसार सवा ४ बजे सुरु हुनेछ ।

फिफा वरीयतामा म्यानमार १६० औं स्थानमा र नेपाल १७५ औं स्थानमा छ । नेपाल र म्यानमारबीच अहिलेसम्म २ खेल भएकामा दुवैमा नेपालले हार बेहोरेको छ ।

नेपाल र म्यानमारबिचको दोस्रो मैत्रीपूर्ण खेल आउने सोमबार हुनेछ ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख