
इलाका प्रहरी कार्यालय ढोडरीको हिरासतबाट फरार दुई जना लाइ शनिबार प्रहरीले पक्राउ गरेको छ ।शुक्रबार बिहान हिरासतबाट भागेका बर्दियाको मधुवन नगरपालिका–५ का १९ वर्षका अजय नेपाली र बर्श २०का राजा नेपाली शनिबार विहान पौने एक बजे पक्राउ गरेको छ ।उनीहरु ज्यान मार्ने उद्योग मुद्दामा असार ८ गतेपक्राउ परेका थिए । उनीहरुलाई मधुवन नगरपालिका–५ को बेलझुण्डी सामुदायिक वन क्षेत्रबाट पक्राउ गरेकोबर्दीया प्रहरी ले जनायको छ ।









