
१४ चैत,
बाँके । बाँकेको जानकी गाउँपालिकाले बुधबार (भोलि ) सार्वजनिक बिदा दिएको छ ।
मंगलबार बसेको गाउँ पालिकाको निर्णयानुसार हिन्दुहरुको महान चाड चैते दशै (अष्टमी) पर्वको अवसरमा चैत १५ गते पालिका भर सार्वजनिक विदा दिइएको हो ।
उक्त दिन स्वास्थ्य सेवा तर्फको अत्यावश्यक सेवा वाहेक जानकी गाउँपालिका अर्न्तगतका वडा कार्यालय, सरकारी, गैह्रसकारी तथा शैक्षिक संघ संस्थाहरुमा सार्वजनिक विदा दिएको पालिकाले जनाएको छ ।
सूचनामा हेर्नुहोस् !







