सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् निरीक्षण भ्रमणको क्रममा उपप्रधानतथा गृहमन्त्री लामिछानेले संगठनमा रहँदा नजिक पराई तथा भित्र बाहिर भन्ने प्रवृत्तिलाई हटाई म्यान्डेटअनुसार काम गर्नुपर्ने बताउनुहुँदै विगतमा भएका कमजोरीहरूलाई सुधार्दै लैजाने प्रशासनिक एवंव्यवस्थापकीय पक्षमा शून्य कमजोरीका साथ कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।तराईको चर्को गर्मी देखिहिमालकोओलाङ्गचुङगोला छाङगरुको कठ्याङग्रीदो चिसो सँगै तैनाथ भएका अधिकृत तथा जवानहरूकोबसाइँका लागि भौतिक पूर्वाधार कमजोर हालतमा रहेको बताउँदै आवश्यक पूर्वाधारसँगै थप व्यावसायिकबनाउन आफ्नो क्षमताले भ्याएसम्म लाग्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, नागरिकको जनधनको सुरक्षा गर्नेनेपाल आमाका वीर सपुत तपाईहरुलाई सलाम , मेरो कार्यकालभरि मात्र होइन जीवन कालभरि तपाईलेगरेको सलामको इज्जत राख्ने छु

जागिर गर्नु भनेको मातृभूमिको सेवा गर्ने अवसर समेत रहेको तथा युद्ध गरेर वा सहिद भएर मात्र देशभक्ति नहुनेबताउँदै उपप्रधान तथा गृहमन्त्री लामिछानेले भने–‘अधिकतम गर्मी वा चिसो ठाउँमा खटिएर अनवरत गर्नेखबरदारी ड्युटी वास्तवमा देशप्रतिको सेवा राष्ट्रभक्ति हो ।उनले सेवामा रहँदा सरुवा बढुवाको विषयलेधेरै राष्ट्रसेवकहरूको मन अमिलो भएको हुन सक्छ भने केही घमन्डको गुलियो हिनतावोधको कारण एकैठाउँमा कार्य गर्दा व्यावसायिक क्षमतामा ह्रास आउन सक्ने भएको हुँदा सरुवा, बढुवा लगायतका कार्यहरूक्षमता, व्यावसायिकता, नैतिकता ज्ञानमा आधारित रही सम्पादन गरिने समेत बताए धन्यवाद ज्ञापनकोक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूलाई पेसागतप्रशिक्षणद्वारा व्यावसायिक, नैतिक चरित्रवान् बनाई राज्य प्रती जिम्मेवारीहरूलाई प्रभावकारी रूपमा निर्वाहगर्दै आइरहेको बताउनुहुँदै नागरिकको सेवा, सुरक्षा, सहयोग आपद् विपद्मा परेकाहरूको उद्धार तथासिमानाको सुरक्षार्थ दरिलो खम्बा बनेर अहोरात्र परिचालित रहँदै आएको बताए

प्रतिक्रिया

सम्बन्धित ख