
३० असार,
बाँके । सेयर बजार परिसूचक नेप्से बिहिबार दोहोरो अंकले बढेको छ ।
आज दिनभर उतारचढाव देखिएको बजार १४.७१ अंक (०.७४ प्रतिशत) ले बढेर २००१.५३ बिन्दुमा रोकिएको छ ।
नेप्से बढेको दिन होटल र निर्जीवन बीमाबाहेक सबै उपसूचकमा वृद्धि भएको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक २.०४ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक १.६१ प्रतिशतले वृद्धि भएको छ।
यसदिन बजारमा २ अर्ब ४१ करोड १८ लाखको कारोबार भएको छ । कारोबारमा आएकामध्ये एनआईसी एशिया बैंकको सर्वाधिक ३० करोड १९ लाखको सेयर किनबेच भएको छ । यस्तै अपर तामोकोशी हाइड्रोपावरको १४ करोड १४ लाखको कारोबार भएको छ ।
आज १८२ कम्पनीको सेयर कारोबार भएकोमा ११६ कम्पनीको सेयरमूल्य बढेको छ भने ५५ कम्पनीको सेयरमूल्य घटेको छ । यस्तै ११ सूचीकृत कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।






