
२३ असार,
बाँके । सेयर बजार नेप्से परिसूचक बिहीबार घटेको छ ।
आज नेप्से परिसुचक १६.६ अंकले घटेर सेयर बजार २०२७.३२ बिन्दुमा आएर रोकिएको हो ।
यसदिन २२९ कम्पनीको ४७ लाख ११ हजार २५ कित्ता सेयर ३१ हजार २७६ पटक खरिद बिक्री हुँदा कुल कारोबार रकम १ अर्ब ८० करोड ६२ लाख ४ हजार ७६४ पुगेको छ ।
आज आरबीबी म्युचअल फन्ड, माउन्टेन हाइड्रो नपाल, सिटिजन म्युचअल फन्ड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड लगायतको सेयर मूल्य बढ्यो भने समित लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी कम्पनी, नयाँ सारथी लघुवित्त वित्तीय संस्था, गुराँश लघुवित्त वित्तीय संस्था लगायतको सेयर मूल्य धेरै घट्यो ।
आज म्युचअल फन्ड उपसमूह मात्रै हरियाली देखियो भने बैंकिङ, व्यापार, होटल एन्ड टुरिजम, विकास बैंक, हाइड्रोपावर लगायतका उपसमूह राताम्मे रह्यो ।






