१६ वैशाख,

बाँके अपडेट : बाँकेमा पछिल्लो १४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । बुधबार राति ८ः५५ बजेदेखि बिहीबार बिहान ८ बजेसम्म ८ जनाको मृत्यु भएको थियो, भने बिहीबार बिहान पुनः आधा घण्टाको फरकमा थप दुई जनाको मृत्यु भएसँगै पछिल्लो १४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बाँके अपडेटलाई जानकारी दिएका छन् ।

ओलीका अनुसार भेरी अस्पतालमा कैलालीको टिकापुर नगरपालिका–१ की ५२ वर्षीया महिला र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा र नेपालगञ्ज–८ का ३३ वर्षीय पुरुषको आधा घण्टाको फरकमा मृत्यु भएको हो ।

कैलालीकी ५१ वर्षीया महिलाको बिहीबार बिहान १० बजे भेरी अस्पतालमा मृत्यु भएको हो भने नेपालगञ्ज–८ का ३३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा बिहीबार बिहान १०ः३० बजे मृत्यु भएको ओलीले बताए । महिलामा वैशाख १४ गते गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको थियो । ३३ वर्षीय पुरुषको वैशाख १३ गते गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो भने त्यसको दुई उनलाई अस्पताल भर्ना गरिएको थियो ।

यसैगरि कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

सुर्खेत र सल्यानका एक/एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीका बाँके अपडेटलाई जनाएको छ ।

चौधरीका अनुसार कालिकोटको नरहरिनाथ गाँउपालिका–९ का ७३ वर्षीय पुरुषको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । ती पुरुषमा श्वासप्रश्वास प्रणालीमा अवरोधको समस्या भएपछि वैशाख ११ गते प्रदेश अस्पताल भर्ना गरिएको थियो ।

यस्तै, सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ का ४२ वर्षीय पुरुषको उपचारको क्रममै मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

केही दिनअघि सल्यान अस्पतालमा कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलेसनमा बस्दै आएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बाँके अपडेटलाई जानकारी दिएका छन्।

श्वासप्रश्वासमा समस्या भएपछि बुधबार बेलुका सवा ८ बजे उनलाई अस्पतालमा ल्याइएको र अक्सिजन दिँदादिँदै मृत्यु भएको उनले बताए ।

यस्तैगरी कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका दुईजना र दोधाराचाँदनी नगरपालिकाका एकजनाको बिहीबार मृत्यु भएको हो ।

महाकाली अस्पतालका कोभिड फोकल व्यक्ति डा. गोविन्द रोकायाले आईसीयूमा उपचाररत भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय संक्रमित पुरुष र दोधाराचाँदनी नगरपालिका–१ का ३० वर्षीय पुरुषको मृत्यु भएको बाँके अपडेटलाई जानकारी दिए ।

यस्तै एचडीयू युनिटमा उपचाररत भीमदत्त नगरपालिका–१८ की ३६ वर्षीया संक्रमित महिलाको पनि मृत्यु भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख