१३ फागुन,

काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने संसद बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौतामाथि छलफल हुनेछ ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेश गर्ने उल्लेख छ ।

आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठकमा सुरुहुनेछ ।

बिहीबारको बैठक विशेष कारणले बस्न नसक्ने भएकाले सरकारको आग्रहमा आज दिउँसो १ बजेसम्मका लागि स्थगन गरिएको थियो ।

संसद् सचिवालयका अनुसार एमसिसी प्रस्ताव सैद्धान्तिक छलफलका लागि पेश भएपछि बोल्न चाहने सांसदले छलफलमा भाग लिनेछन् । सरकारले यही फागुन ८ गते आइतबार एमसिसी सदनमा टेबल गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख