९ फागुन,

बाँके । नेपालगन्जस्थित त्रिभुवन चोकमा पुन:स्थापना गरिएको स्व.राजा त्रिभुवनको शालिक हटाउन माग गर्दै बाँके जिल्ला प्रमुख सिडियोलाई ज्ञापन पत्र बुझाइएको छ।

नेकपा माओवादी केन्द्र बाँके, नेकपा एकिकृत समाजवादी पार्टी बाँके, जनता समाजवादी पार्टी बाँके र राष्ट्रिय जनमोर्चा बाँकेले सोमवार प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीलाई संयुक्त ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापन पत्रमा विगतमा पनि पटक पटक शालिक राख्ने विषयमा विवाद हुँदा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमसेर राणाको अध्यक्षतामा २०७७ साल कात्तिक ६ गते बसेको सर्वदलीय बैठकले उक्त स्थानमा नेपालको झण्डा र नेपालको नक्सा राख्ने सहमति भएकोमा सो विपरित स्वयं मेयर राणाकै अगुवाईमा शालिक स्थापना गरिएकोले तत्काल हटाउनु पर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यस्तै जनआन्दोलन, जनयुद्ध, मधेश विद्रोह र संघीयताका लागि भएको आन्दोलनमा सहादत प्राप्त गरेका महान सहीदहरुको अपमान गरि प्रहरी प्रशासनकै उपस्थितिमा शालिक राखिएकोमा तत्काल हटाउन माग गरिएको छ ।

साथै प्रहरी प्रशासनले नहटाए आफुहरुले हटाउने र त्यस क्रममा हुने जुनसुकै घट्नाको जिम्मेवार प्रहरी प्रशासन हुने पनि ज्ञापनपत्रमा जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख