
१६ मंसिर,
काठमाडौं । हिरासतमा रहेकालाई छुटाइदिन्छु भन्दै पैसा माग्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, चितवन घर भएकी ३८ वर्षीया दुर्गा महतो खनाललाई पक्राउ गरिएको महाशाखाका एसपी कृष्ण पंगेनीले जानकारी दिएका छन ।
उनका अनुसार, चितुवाको छालासहित पक्राउ परेका उनीहरुलाई ‘छुटाउँछु’ भनेर दुर्गा खनालले २० लाख मागेकी थिइन् ।
काठमाडौं महानगरपालिका वडा नं.९ स्थित एयरपोर्ट सेकुवा कर्नरबाट नुवाकोट शिवपुरी गाउँपालिका घर भएका विशाल तामाङ, विनोद तामाङ र चितवन घर भएका कामीसिंह स्याङतानलाई मंगलबार प्रहरीले पक्राउ गरेको थियो ।
खनाललाई पक्राउ गरी उनी माथी ठगी उद्योग मुद्दा चलाउने महाशाखाले जनाएको छ ।









