२९ कार्तिक,

सुरज चौधरी/ बाँके । हिन्दू स्वयंसेवक संघ नेपालका संस्थापक प्रचारक स्वर्गीय ओमप्रकाश गर्गको श्रद्धांजलि सभा नेपालगंजमा सम्पन्न गरिएको छ ।

स्वर्गीय ओमप्रकाश गर्गको श्रद्धांजलि सभा हिन्दू स्वयंसेवक संघ नेपाल नेपालगंजद्वारा पशुपति शिक्षा मन्दिरमा आयोजित गरिएको थियो ।

स्वर्गीय गर्गको ९६ वर्षको उमेरमा कार्तिक २० गते साँझको ४ः०५ बजे निधन भएको हो ।

उनी बाल्यकाल देखी राष्ट्रिय स्वयंसेवक संघको सम्पर्कमा आई संघको सम्पुर्ण प्रशिक्षण गरि १९५६ मा भारतको लाखिमपुर जिल्ला प्रचारकको दायित्व निर्वाह गर्दै, विभाग प्रचारक, प्रान्त प्रचारक को दायित्व निवार्ह गरेका थिए ।

१९९१ मा उनी नेपालमा संघको प्रचारको रुपमा जिम्मेवारी प्राप्त गरी नेपाल भरी संघको विस्तार गरेका हुन । त्यसकारण उनलाई नेपालमा संघको संस्थापकको रुपमा मानिन्छ ।

 

२००७ मा विश्व हिन्दू परिषद को केन्दि«य मन्त्री तथा नेपाल प्रभारी का दायित्व समेत निर्वाह गरेका थिए ।

यसरी संघको विभिन्न दायित्व निर्वाह गर्दै आफ्नो सम्पुर्ण जिवन हिन्दू समाजको लागि समर्पण गरेका थिए ।

स्वर्गीय गर्गको संकाल्प अनुससार मृत्यु पश्चत दधीचि परम्परा निर्वाह गर्दै उनको सम्पुर्ण शरिर दधिचि देह दान समिति पटनालाइ हस्तान्तरण गरिएको हो ।

हिन्दू स्वयंसेवक संघ नेपाल नेपालगंजद्वारा आयोजित श्रद्धांजलि सभामा बाँके जिल्लाका सम्पुर्ण संघका कार्यकर्ता एवम स्वयंसेवकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख