२६ कार्तिक,

सल्यान । सल्यानमा वडा अध्यक्ष लाई ’छोटे राजा’ भनेको भन्दै वडा बटा कुनै पनि सेवा नदिने घोषणा गरोका छन ।

सल्यान जिल्लाको बाघचौर नगरपालिकाका वडाअध्यक्ष प्रेमबहादुर पुनले सामाजिक सञ्जालमा आफूलाई ‘छोटेराजा’ लेखेको भन्दै स्थानीय दिल केसीलाई वडा कार्यालयबाट कुनै सेवा नदिने घोषणा गरेका हुन ।

वडा अध्यक्षले कुनै पनि कानुनी कारबाहीको पक्रिया नगरी सिधै वडा सेवा बाट निष्कासन गरेका हुन ।

केसीले सामाजिक सञ्जाल फेसबुक मार्फत वडाअध्यक्षको बारेमा विभिन्न विषयमा टिकाटिप्पणी लेख्ने गरेका थिए ।

सोही विषय लिएर टिप्पणी अमर्यादित भएको भन्दै बिहीबार वडाध्यक्ष पुनले प्रेस विज्ञप्तिमार्फत केसीलाई वडाबाट दिइने सम्पूर्ण सेवाबाट बन्चित गरिएको हो ।

उक्त सामाजिक सञ्जालमा लेखिएको टिकाटिप्पणी सच्याउनुपर्ने र माफी समेत माग्नुपर्ने वडाध्यक्षले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख