
२६ कार्तिक,
दाङ । प्रहरीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा, दाङ जिल्लाको राप्ती गाउँपालिका वडा नंं. १ को १७ वर्षीय किशोर र सोही गाउँपालिका वडा नं.२ को २१ वर्षीय उमेश गुरुङ रहेका छन् ।
प्रहरीका अनुसार, विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले राप्ती गाउँपालिका वडा नं.१ पाखापानीबाट १ ग्राम ९२ मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उक्त सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





