
२२ कार्तिक,
कैलाली । जोशीपुर गाँउपालिका वडा नं ५ सिम्ररामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा, कैलाली जिल्लाको लम्की चुहा नगरपालिका वडा नं.७ को २५ वर्षिय नरेश रोकायको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो ।
गए राती बा ०२–०१५प २७३८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडक छेउमा रहेको फोहर फाल्ने फलामको ड्रममा ठोकिदा बाइकमा सवार लम्की चुहा नगरपालिका वडा नंं. ७ को अभिसेक चौधरी, सोही ठाउँको २४ वर्षिय प्रकाश चौधरी, २० वर्षिय जिवन चौधरी र २५ वर्षिय नरेश रोकाया सहित ४ जना दुर्घटना परी घाइते भएका थिए ।
मोटरसाइकल दुर्घटनाबाट घाइते भएका उनीहरुको उपचारको लागि धनगढी स्थित निसर्ग अस्पतालमा उपचारको क्रममा नरेश रोकायाको मृत्यु भएको हो ।
अन्य घाईतेहरु सामान्य उपचार पश्चात डिस्चार्ज भई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।





