१७ कार्तिक,

बाँके । नेपालगंज विमानस्थलमा झाडी सरसफाई गरिएको छ ।

विमानस्थलमा जनावरहरुको बासस्थान बन्न थाले पछि सरसफाइ गरिएको हो ।

मंगलबार नेपालगंजबाट हुम्लाको सिमकोटका लागि उडन लागेको सिता एयरको ९ एनएएचबी जहाजसंग तीन वटा बँदेल ठोक्किएका थिए । यस अघि बुद्ध एयर र एति एयरको जहाजमा बँदेल ठोक्किसकेका छन ।

यसरी जहाजमा हाप्तै पिच्छे बँदेल ठोक्किन थालेपछि धवनमार्ग वरिपरि रहेका झाडी सरसफाईमा बाँके जिल्ला प्रहरी कार्यालयबाट ३० जना, शसस्त्र प्रहरी बल बाट ४० जना र नेपाली सेना बाट ९० जना गरी जम्मा १६० जनाको संयुक्त सुरक्षाकर्मीका टोलिद्वारा सरसफाई गरिएको छ ।

विमानस्थल भित्र को सरसफाइमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो सहकार्यमा गर्नुपर्ने हो तर पटक पटक बँदेल जहाजसंग ठोक्किन थाले पछि दुर्घटना न्युनिकरण र सुरक्षाको हिसाबले तत्कालै सरसफाई गरिइएको बाँकेका एसपी श्याम कृण्ण अधिकारीले बताए ।

धवनमार्गमै जहाजसंग पटक पटक बँदेल ठोक्किए पनि मानविय क्षति भएको छैन ।

एयरपोर्टको कम्पाउण्ड भित्र बाक्लो झाडी बुटेनहरु रहेका छन । त्यसभित्र बँदेल खरायो दुम्सी स्याल लगायतका थुप्रै किसिमका जनावरहरु बासस्थान बनाएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित ख